आइतवार, आश्विन २५ गते २०८३

जसपा केन्द्रीय समिति बैठक आजबाट, किन बोलाइयो पार्टी प्यालेसमा?

मंगलवार , भाद्र १, २०७८

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ।

यो बैठक दुई दिनसम्म चल्ने छ। बैठक बिहान ११ बजेदेखि सुरु हुने छ। 

डिल्लीबजारस्थित एक पार्टी प्यालेसमा बैठक बस्ने छ।

पार्टी कार्यालयमा स्थान अपुग भएकाले पार्टी प्यालेसमा बैठक राख्नु परेको नेताहरुले बताएका छन्।

आजको बैठकमा अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक अवस्थाका विषयमा पेश गर्ने प्रतिवेदनमा केन्द्रीय सदस्यले धारणा राख्नेछन्।

बैठकमा पार्टी संगठनात्मक सुदृढीकरण र जनजागरणका लागि चार महिने अभियानका विषयमा प्रस्ताव गरिने छ।

बैठकका एजेण्डामा अन्य विविध विषयका रुपमा सरकार लगायत संगठन विस्तारका विषयसमेत समेटिएका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार