सोमवार, श्रावण २५ गते २०८३

क्रिकेटर दीपेन्द्रसिंह ऐरीले दिए प्रहरीबाट राजीनामा

बुधवार , आषाढ ११, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन् ।

ऐरीले राजीनामा दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले पुष्टि गरेका छन् । उनी प्रहरी सहायक हवल्दारको रुपमा कार्यरत थिए । उनले केही महिनाअघि बुझाएको राजीनामा केही दिनअघि स्वीकृत समेत भइसकेको प्रवक्ता घिमिरेले बताएका छन् । राजीनामा पत्रमा उनले घरायसी कारण देखाएको प्रहरीले जनाएको छ ।

२०७३ सालमा नेपाल प्रहरीको जवानमा भर्ना भएका ऐरी ७ वर्षपछि सहायक हवल्दारमा बढुवा भएका थिए । उनले २०८० असोजमा बढुवा पाएका थिए । चीनमा सम्पन्न १९ औ एसियन गेन्समा क्रिकेटको टि २० तर्फ ६ छक्का हानेर विश्व रेकर्ड कायम गरेपछि उनले प्रहरी जवानबाट सहायक हवलदारमा विशेष बढुवा पाएका थिए ।

त्यसको २ वर्ष नपुग्दै उनले पुलिसको जागिर छोडेका हुन् । उनले घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबको कप्तानी गर्दै आएका छन् । उनकै कप्तानीमा पुलिसले घरेलु क्रिकेटमा दबदबा कायम राख्न सफल भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार