सोमवार, श्रावण २५ गते २०८३

विश्वकप छनोटअघि नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा टी–२० सिरिज खेल्ने

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमण गर्ने भएको छ ।

विश्वकप छनोटअघि नेपाली टोलीले अस्ट्रेलियामा टप इण्ड टी–२० सिरिज खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । नेपालले डिएक्ससी एरिना, टिआईओ स्टेडियम र क्याजलीज एरेनामा खेल्नेछ । सिरिज १४ अगस्टदेखि २४ सम्म अस्ट्रेलियाको डार्बिनमा हुनेछ ।

नेपालले अस्ट्रेलियामा रहँदा कम्तीमा ६ खेल खेल्नेछ । अस्ट्रेलियामा हुने तयारीले नेपालको टी–२० विश्वकप छनोटमा सहयोग पुग्ने क्यानले विश्वास लिएको छ । सिरिजमा सहभागी हुने टोलीको नाम अर्को साता घोषणा हुने बताइएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार