आइतवार, कार्तिक ९ गते २०८३

प्रदेश २ का प्रदेश प्रमुख अहिराज पदमुक्त, नयाँ प्रमुखमा मिश्र नियुक्त

मंगलवार , भाद्र १, २०७८

काठमाडौं । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश-२ का प्रदेश प्रमुख राजेश अहिराजलाई पदमुक्त पदमुक्त गरेकी छन् । मन्त्रिपरिषद्को  सिफारिसअनुसार राष्ट्रपति भण्डारीले मंगलबार झालाई पदमुक्त गरेकी हुन् ।  उनलाई संविधानको धारा १६५ को उपधारा (१)को खण्ड ख बमोजिम पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

सरकारले हिजो प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरी अहिराजलाई पदमुक्त गर्ने निर्णय गरी राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सोही निर्णय अनुसार राष्ट्रपतिले हरिशंकर मिश्रालाई नयाँ प्रमुखमा नियुक्त गरेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार