आइतवार, श्रावण २४ गते २०८३

एसईई नतिजा : ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् ।

जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् । त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना रहेका छन् भने ८९ हजार १२४ जनाले २.८ देखि ३.२ जीपीए प्राप्त गरेका छन् ।

२.४ देखि २.८ सम्म ४८ हजार ४७९ ले ल्याउँदा ४ हजार १२६ जना विद्यार्थीले २ देखि २.४ जीपीए पाएका छन् भने ८ जना २ जीपीएभन्दा कम ल्याएका छन् । त्यस्तै, १२६ जनाकाे परीक्षा रद्ध गरिएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार