काठमाडौँ । कश्यप एकेडेमीले स्थापना कालको पहिलो वर्षमै माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार जिपिए ल्याउन सफल भएको छ । कीर्तिपुरको मैत्रीनगर–२ मा रहेको कश्यप एकेडेमीमा अध्ययनरत छात्रा रश्मी श्रेष्ठ चार जिपिए ल्याउन सफल भएकी हुन् ।
त्यस्तै रबिक बिके ३.९६, गोविन्द सुवेदी ३.९२ सुरक्षा अर्याल ३.९१ र कृशला बलामीले ३.९१ जिपिए ल्याएर कश्यप एकेडेमीको उचाइ बढाएका छन् । त्यस्तै अन्य विद्यार्थीहरुलेको नतिजा पनि उत्कृष्ट रहेको छ ।
स्थापना कालको पहिलो वर्षमै एसईई परिक्षामा कश्यप एकेडमीका विद्यार्थीहरुको नतिजाले यस विद्यालयमा गुणस्तरीय शिक्षा अध्यापन हुने रहेछ भन्ने प्रमाणित गरिदिएको छ ।
सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक, शिक्षिकाबाट व्यावसायिक एवं गुणस्तरीय शिक्षा प्रदान गर्ने , विज्ञान प्रविधि, आध्यात्मिकता र उद्यमशीलताको संगम आधुनिक शैलीको पठन पाठनमा विशेष जोड दिँदै आएको कश्यप एकेडेमी विद्यार्थीहरुको पहिलो रोजाइमा पर्दै आएको छ ।
कश्यप एकेडेमीले विद्यार्थीको सिकाइ र उनीहरूको भविष्यलाई बढी महत्व दिदै लामो समय शैक्षिक अनुभव बटुलेका शिक्षक, शिक्षिकाबाट अंग्रेजी माध्यममा पढाइ, अतिरिक्त क्रियाकलाप र पारिवारिक वातावरणमा शैक्षिक सत्रबाट केही नयाँ योजना समेत ल्याएको छ ।
एसईईको नतिजाबाट आफूहरु निकै खुसी भएको कश्यप एकेडेमीका प्रधानाध्यापक आर.बी. अधिकारीले बताए । अधिकारीले आगामी वर्षमा पनि आफूहरुले विद्यार्थीको भविश्यको लागि भरपुर प्रयास गर्ने समेत जानकारी दिएका छन् ।
कश्यप एकेडेम स्कुलले छोटो समयमानै गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावक माझ आफ्नो भिन्न पहिचान बनाउँदै विद्यार्थी अनुकूल शिक्षण पद्धती अनुसार शिक्षण सिकाइ गरेको कारण एसईईको नतिजा राम्रो आएको बताएका छन् ।
यस स्कुलमा विद्यार्थीहरूका लागि पर्याप्त मात्रामा फराकिलो खेलमैदान, उपयुक्त कक्षा कोठाहरू, अत्याधुनिक सुविधा सम्पन्न भवन, पुस्तकालय , स्तरीय प्रविधि प्रयोगशाला,सुरक्षा व्यवस्था पूर्णरुपमा सुरक्षित एवं व्यवस्थित, यातायातको आवश्यकता रहेका विद्यार्थीलाई सवारी साधनको व्यवस्था उपलब्ध छन् । जहाँ सुरिक्षत तवरले शान्त वाताबरणमा विद्यार्थीले अध्ययन गर्न पाउँछन् ।