काठमाडौं । गायिका समीक्षा अधिकारी र एलिना चौहानले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या भएको भन्दै उनीहरूले गृहमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।
एलिनाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसबारे जानकारी दिएकी हुन् । लेखकसँगको तस्बिर राख्दै सहयोगका लागि धन्यवाद समेत दिएकी छिन् । उनले लेखेकी छिन्, ‘यस विषयमा आवश्यक सहयोग प्रदान गर्नु भएकोमा माननीय गृहमन्त्री श्री रमेश लेखकज्यूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु । तपाईँहरूको साथ र सद्भावनाले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ ।’
व्यक्तिगत जीवनमा आँच पुर्याउने, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू सह्य नभएको समेत उनले उल्लेख गरेकी छिन् । आत्मसम्मानको रक्षा गर्न बाध्य भएर कानुनी प्रक्रिया अघि बढाएको समेत उनको भनाइ छ । केही दिनदेखि यी दुवैले आफूलाई गालिगलौच गर्नेको प्रोफाइल सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेकी छिन् ।
साथै हिजो मात्रै एलिनाले ती व्यक्तिविरुद्ध साइबर ब्युरोमा उजुरी दिइसकेकी छिन् ।