आइतवार, आश्विन २५ गते २०८३

दल विभाजन अध्यादेश खारेज गर्न ओलीको माग, ओलीकै सरकारले तयार पारेको अध्यादेश 

मंगलवार , भाद्र १, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जारी गरिएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्न माग गरेका छन् । मंगलबार एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले जारी गरिएको अध्यादेश कार्यान्वयन गर्न नहुने बताए ।

तर दल विभाजनसम्बन्धी केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत पुग्नुपर्ने प्रावधानलाई सच्याउँदै यसअघि केपी ओलीकै सरकारले अध्यादेश तयार पारेको थियो । राजनितिक दल विभाजन गर्न ४० प्रतिशत चाहिने व्यवस्थालाई संसोधन गरीएको थियो तर त्यसको सर्वत्र विरोध पछि रोकिएको थियो । हाल आफैले संसोधन गरेको व्यवस्था खारेज गर्न ओलीले माग गरेका हुन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार