सोमवार, श्रावण २५ गते २०८३

मंगलबार थपिए ३२७४ संक्रमित, २७ जनाको मृत्यु

मंगलवार , भाद्र १, २०७८

काठमाडौं । मंगलबार ३ हजार २ सय ७४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६ सय ८९ जनाको कोरोना परीक्षण गर्दा तीन हजार दुई सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २७ जनाको मृत्यु भएको मन्त्रलयले पुष्टी गरेको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार तीन सय ५४ जना पुगेको छ । 

त्यस्तै मंगलबार १९ सय २९ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । भने २४ घण्टामा काठमाडौं उपत्यका मात्रै १ हजार ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार