सोमवार, श्रावण २५ गते २०८३

फाइनल पुग्न मलेसियाले नेपाललाई दियो ९१ रनको लक्ष्य

बिहिवार , आषाढ १९, २०८२

काठमाडौँ । एसिसी मेन्स इस्ट जोन कप २०२५ अन्तर्गत सेमिफाइनलमा घरेलु टोली मलेसियाले नेपाललाई ९१ रनको लक्ष्य दिएको छ। क्वालालम्पुरमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया ४३.१ ओभरमा ९० रनमा अलआउट भयो।

मलेसियाका लागि मुहमद फतुल मुहिनले ३८ रन बनाए। अन्तिम विकेटको रुपमा आउट हुनुअघि उनले ७१ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा नेपालका अभय यादवले ४ विकेट लिए। उनले १० ओभरमा १५ रन खर्चिए।  शुभम् खनालले ३ विकेट लिन सफल भए भने सचिन भट्ट र कप्तान विपिनप्रसाद शर्माको नाममा १-१ विकेट रह्यो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार