काठमाडौं। खोटाङको हलेसी तुवाचुङ्ग नगरपालिका वडा नम्बर ४ बडहरेका स्थानीय टेक बहादुर थापा मगरको बिगत ४ महिना देखि दुबै मृगौलामा समस्या देखिएको छ। उनी अहलिे सहिद धर्मभक्त नेसनल ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन्।
तर उनलाई उपचार खर्च जुटाउनै समस्या छ। घरको आर्थिक अवस्था नाजुक भएकाले परिवारले सहयोगको अपिल गरेका छ। डा.का अनुसार मगरको मृगौलामा समस्या बढ्दै गईरहेकोले दुबै मृगौला फेलहुँदा ज्यान समेत जान सक्ने सम्भावना छ।
उनको घरमा बृद्धा आमा, श्रीमती, र नाबालक बालबच्चा छन्। सहयोगी मनहरुलाई सहयोगको अपिल गरी थापाको दोर्सो जन्मको लागि हात फैलाएका छन्। अन्य आयस्रोत पनि केही नभएपछी परिवारले मगरलाई बचाउन सहयोगबाट मात्र संम्भब भएकोले देश बिदेशमा रहेका सबै नेपालीहरु समक्ष सहयोगको अपिल गरेका छन ।
सहयोगी मनहरुले स्वदेश तथा बिदेशबाट उल्लेखित माछापुच्छ्रे बैंक नयाँ बानेश्वर शाखामा रहेको निजको खातामा नम्बरमा जम्मा गरी सहयोग गर्न सक्नुहुनेछ।
AC No 5465524105965114
ई-सेवा ईडी- 9844851610
थप जानकारीको लागी बिरामी आफ्नै फोन न. 9844851610 र असमर्थताको लागि हलेसी तुवचुङ्ग नगरपालिका ४ का वडा अध्यक्ष किशोर कुमार बस्नेत संग सम्पर्क गर्न सक्नुहुनेछ 9851102747