सोमवार, श्रावण २५ गते २०८३

भारतमा वर्षाका कारण कोइला खानी भत्कियो, चार जनाको मृत्यु

आइतवार , आषाढ २२, २०८२

काठमाडौं । भारतको झारखण्डमा शनिबार भारी वर्षा भएको छ । वर्षाका कारण रामगढ जिल्लाको महुआ टाङ्ग्रीमा बिहान एक अवैध कोइला खानी भत्किएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उक्त घटनामा चार जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

मध्य प्रदेशमा बलियो वर्षा प्रणाली सक्रिय भएका कारण बाढीको अवस्था आएको छ । भारी वर्षाका कारण मण्डला जिल्लामा नर्मदा नदीमा बाढी आएको छ । नरसिंहपुरबाट होशंगाबाद जोड्ने राष्ट्रिय राजमार्गमा रहेको पुल भत्किएको छ । २० जुनमा हिमाचल प्रदेशमा मनसुन प्रवेश गरेको थियो । त्यसयता जुलाई ४ सम्म बाढी–पहिरोका घटनामा ७५ जनाको मृत्यु भएको छ भने २८८ जना घाइते भएका छन् ।

बादल फुट्ने घटनामा सबैभन्दा बढी १४ जनाको मृत्यु मन्डी जिल्लामा भएको छ । यहाँ ३१ जना अझै बेपत्ता रहेका छन् । आज पनि राज्यमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार