आइतवार, कार्तिक ९ गते २०८३

आजको मौसम: यी स्थानमा भिषण बर्षाको सम्भावना

बुधवार , भाद्र २, २०७८

काठमाडौं । आज देशका विभिन्न स्थानमा भीषण वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी‚ लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू९भागको तराई नजिक रहेको छ। पूर्वी भू-भागमा तराईभन्दा केही पर दक्षिणतिर रहेको महाशाखाले जनाएको छ। बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेको छ।

बुधबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

यस्तै‚ राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार