काठमाडौं । कांग्रेस सांसद गगन थापाले सरकारले जारी गरेको दल विभाजन सम्बन्धि अध्यादेशको विरोध गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेख्दै गलत जसले गरेपनि गलतै हुने बताएका छन् । उनले लेखेका छन्, “संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत, सधैं गलत, जसले गरेपनि गलत”
उनले अगाडी लेखेका छन्, हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन । समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ ।
उनले हिजो त्यही अध्यादेश ओली ल्याउन खोज्दा विरोध गर्नेहरुले देउवा सरकारले ल्याएको अध्यादेशको समर्थन गर्ने हक नभएको र गर्न नहुने भन्दै यदी त्यसो गरे सा.र्वजनिक रुपमा माफी माग्नु पर्ने बताएका छन् ।