आइतवार, श्रावण २४ गते २०८३

त्रिविको उपकुलपतिका लागि तीनजना सिफारिस, को बन्छ उपकुलपति ?

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । उपकुलपति छनोट सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

समितिले त्रिविका कुलपति एंव प्रधानमन्त्री केपी ओलीलाई सोमबार नाम सिफारिस गरेको हो । तर तीन जनाको नाम भने सार्वजनिक गरिएको छैन । उपकुलपतिको लागि १२ जना प्रतिस्पधर्मामा थिए । त्यसमध्ये पनि प्रा.डा. खड्ग केसी, प्रा.डा. विनिल अर्याल, प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा.डा. उपेन्द्र कोइराला र प्राध्यापक डिल्ली उप्रेतीको चर्चा बढी रहेको छ ।

प्रधानमन्त्री ओलीले जेठ ६ गते सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए । केसरजङ्ग बरालले चैत १५ गते राजीनामा दिएपछि त्रिविमा उपकुलपतिको पद रिक्त भएको थियो ।

अब तीन जनाबाट एक जनालाई कुलपति ओलीले उपकुलपतिमा नियुक्त गर्ने छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार