आइतवार, श्रावण २४ गते २०८३

नवनियुक्त उपकुलपति अर्यालको कुलपति ओलीसमक्ष शपथ (तस्वीरसहित)

बुधवार , आषाढ २५, २०८२

काठमाडौं । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा. डा. दीपक अर्यालले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कुलपति ओलीसमक्ष त्रिविका उपकुलपति अर्यालको शपथ

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुलपति ओलीसमक्ष उपकुलपति डा. अर्यालले शपथ लिएका हुन् । कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी भएका थिए ।

कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा. अर्याललाई आजै नियुक्त गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार