उनीहरूले चालक दलका सदस्यहरूलाई बन्धक पनि बनाएका छन्। यमनमा रहेको अमेरिकी दूतावासले हुथी विद्रोहीहरूले 'धेरै जना चालक दलका सदस्यलाई अपहरण गरेको' र उनीहरूको तत्काल रिहाइको माग गरिएको बताएको छ।
एक हप्ताभित्र हुथी विद्रोहीहरूले डुबाएको यो दोस्रो जहाज हो। यसअघि उनीहरूले कार्गो जहाज 'म्याजिक सिप'मा मिसाइल र ड्रोनले आक्रमण गरी डुबाएका थिए।
बुधबार, लाल सागरमा तैनाथ युरोपेली संघको नौसेना मिसन 'अपरेसन एस्पाइड्स'ले पहिले बेपत्ता ६ जना चालक दलका सदस्यलाई उद्धार गरिएको बताएको थियो।
एस्पाइड्सका एक अधिकारीले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार उनीहरूमध्ये पाँच जना फिलिपिन्सका नागरिक हुन् भने एक जना भारतीय हुन्। अन्य १९ जना भने बेपत्ता छन्।