आइतवार, श्रावण २४ गते २०८३

अभिनेत्री मनिषा कोइरालाले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरिन

बिहिवार , आषाढ २६, २०८२

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पूर्वप्रधानमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् ।

सरकारले प्रतिसोध राखेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइराला सहभागी भएकी हुन् । हस्ताक्षर गरेपछि प्रतिक्रिया दिंदै कोइरालाले राज्यबाट भइरहेको अन्याय र दुर्व्यवहारविरुद्ध आवाज उठाएको बताइन् । उनले भनिन्, ‘म कुनै पनि पार्टीमा आबद्ध छैन । एउटा आम नागरिकको नाताले राज्यबाट अन्याय र दुर्व्यवहार भइरहेको छ त्यसकोविरुद्ध आवाज उठाउन आएकी हुँ ।’

अभिनेत्री कोइरालाले भनिन्, ‘जसले पनि समाचार हेरिरहेको छ, जसले पनि बुझिरहेको छ, पक्कै पनि रविमाथि दुर्व्यवहार भइरहेको छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार