काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रमण देशभर १ हजार ९०५ जनामा देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ७३ जिल्लाका १ हजार ९०५ जनामा डेंगु देखिएको हो।
एक सातामा ६४ जनामा पुष्टि भएको छ। सबै प्रदेशमा देखिएको डेंगु सबै भन्दा बढी गण्डकी प्रदेशमा ४६४ जनामा देखिएको छ। बागमतीमा ४४१, कोशीमा ३५३,लुम्बिनीमा ३०५, सुदुरपश्चिम प्रदेशमा २६८ कर्णालीमा ३६ र मधेश प्रदेशमा ३४ जनामा डेंगु देखिएको छ।
एडिस जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने डेंगु संक्रमण यस बर्ष ६० हजार भन्दा बढी व्यक्तिमा देखिन आंकलन गरिएको छ। डेंगुको चार वटा सेरोटाइपमध्ये नेपालमा चारैवटा सेरोटाइप देखिएको छ। चार सेरोटाइप लाग्ने व्यक्तिमा गम्भीर लक्षण देखिने चिकित्सक बताउँछन्।