सोमवार, श्रावण २५ गते २०८३

साफ महिला च्याम्पियनशिपमा नेपालले बङ्गलादेशसँग खेल्दै

आइतवार , आषाढ २९, २०८२

काठमाडौँ । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आइतबार नेपालले आफ्नो दोश्रो खेलमा घरेलु टोली बङ्गलादेशसँग खेल्दैछ ।बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा नेपाली समयअनुसार बेलुका पौने ७ बजे खेल शुरू हुनेछ ।

शुक्रवार भएको खेलमा नेपालले भूटानमाथि ६–१ गोलको जीत निकालेको थियो। यस्तै घरेलु टोलीले पनि आफ्नो पहिलो खेलमा शृङ्खलालाई ९–१ गालले हराएको छ । अङ्क तालिकामा बङ्गलादेश शीर्ष स्थानमा र नेपाल दोश्रो स्थानमा छ ।

दुवै टोलीको समान तीन अङ्क छ । प्रतियोगितामा नेपाल, बङ्गलादेश, भूटान र श्रीलङ्का गरी चार वटा देश सहभागी छन् । डबल राउन्ड–रोबिनको आधारमा हुने प्रतियोगितामा हरेक टोलीले एकअर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । नेपालले असार ३२ गते र साउन १ गते श्रीलङ्कासँग, साउन ३ गते भूटानसँग, साउन ५ गते बङ्गलादेशसँग खेल्नेछ ।

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार