काठमाडौँ । अधिकांशले दुर्गेश थापालाई गायक मान्दैनन् । उनको स्वरमाथि खिसिट्युरी गरिन्छ । दुर्गेश सांगीतिक क्षेत्रमा विवाद र आलोचनाका पर्याय समेत मानिन्छन् ।
उनीमा ‘न सुर छ, न ताल छ’ । तर, पनि दुर्गेश थापाले सांगीतिक क्षेत्रमा तहल्का मच्चाइ रहेका छन् । दुर्गेशका अधिकांश गीत हिट छन् । तर, उनी बारमबार विवादै विवादमा तानिन्छन् । कुनै समय कलाकारिता क्षेत्रमा उनको भविश्य नै धरापमा परेको थियो । २०७८ फागुन १५ गते नायक पल शाह नाबालिका बलात्कारको आरोपमा पक्राउ परे ।
उनलाई जेलको हावा खुवाउन दुर्गेशको पनि मुख्य भूमिका रहेको सार्वजनिक अडियोबाट पुष्टि हुन्छ । उक्त अडियोमा दुर्गेशले पललाई जसरी पनि छोड्नु हुदैँन भन्दै उचालिरहेका हुन्छ ।
दुर्गेशभित्रको कालो कर्तुत बाहिर आएपछि उनलाई पलका समर्थकहरुले आक्रमण नै गर्न थाले । स्टेजमा गीत गाउदा ढुंगा प्रहार हुन्थ्यो । त्यसपछि उनलाई आयोजकहरुले महोत्सवमा बोलाउन नै छाडे ।
त्यस बेलाको अवस्था हेर्दा लाग्थ्यो अब दुर्गेशको भविश्य कलाकारितामा छैन । तर, चार बर्षको अन्तरालमा यीनै दुर्गेशले बजार तताइरहेका छन् ।
‘जाने भए जाम माया’ बोलको दुर्गेश थापाको नयाँ गीतले यतिबेला फेरि तहल्का मच्चाइरहेको छ । नेपालमा यसले चौबिस घण्टाभित्र १७ लाख भिउज पाउदैँ सर्वाधिक हेरिने नेपाली गीतको युट्युब कीर्तिमान रचिसकेको छ । यसअघि यस्तो रेकर्ड विष्णु माझीको गीत ‘आइन आम यो तीजमा’ले राखेको थियो । माझीको गीतलाई रिलिजको दिनमा १५ लाख पटक हेरिएको थियो ।
दुर्गेशको स्वर पनि त्यति राम्रो छैन । तर, पनि उनकै गीत हिट भइरहेका छन् । राम्रा राम्रा गायक गुमनाम हुँदा उनी भने सफलताको शिखरमा छन् । तर, दुर्गेशलाई न दर्शकले गायक ठान्छन् नत उनी आफैले आफूलाई गयाक भन्छन् । केही समय अगाडि पत्रकार ऋषि धमलाले अन्तर्वार्तामा दुर्गेशलाई भन्छन्, ‘स्वर सम्राट नारायण गोपाललाई सम्झेर एउटा गीत गाइदिनुस् ।’
दुर्गेश जवाफ दिन्छन्, ‘उहाँको गीत‘ म सुन्छु ।’ अनि गाइदिन्छन्ः मुटु जलिरहेछ, यो मन गलिरहेछ ‘ नेपाली संगीतको थोरै मात्र ज्ञान भएकालाई पनि थाहा छ, यो नारायण गोपालले नभएर भक्तराज आचार्यले गाएको गीत हो । उनले नारायण गोपालको भनेर भक्तराजको गीत हावातालमा गाइदिन्छ । उनले लयसमेत मिसाउन सकेनन् ।
स्वरसम्राट नारायण गोपाल नेपालको संगीत इतिहासकै सर्वाधिक प्रख्यात र आदरणीय गायक हुन् । सारा नेपालीले नारायण गोपाललाई चिन्छन् । संगीत क्षेत्रमै चर्चा कमाएका कलाकारले नारायणगोपालकै गीत गलत गाउनु भएको भन्दै उनी विवादमा पनि तानिए । तर, यीनै दुर्गेश थापाले सांगीतिक क्षेत्रमा आफ्नो पकड जमाउन सफल भएका छन् । उनले समय अनुसारका गीत अर्थात पछिल्लो पुस्ताले रुचाउने शब्द गीतमा समावेश गर्छन । जसले गर्दा गीत हिट हुने गरेका छन् ।