काठमाडौं । अमेरिकाको लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ ।
जुलाई १३, शनिवार राति भएको कार दुर्घटनामा २२ वर्षीय राजन यादव र २० वर्षका रोजिन ओलीको मृत्यु भएको समाचारमा उल्लेख छ ।
यादव र ओलीको घटनास्थलमै मृत्यु भएको र अन्य २ जना घाइते भएको बताइएको छ । प्रहरीका अनुसार अत्यधिक वर्षा र पिचिलो सडकका कारण चालकले सवारी नियन्त्रण गर्न नसक्दा कार पल्टिएको अनुमान छ। कार सीधै रूखमा ठोक्किँदा अगाडिको भाग चर्किएको र त्यसपछि आगो लागेको बताइएको छ।