काठमाडौँ । राष्ट्रपतिले अध्यादेश जारी गरेपछि महन्थ ठाकुरपनि नयाँ दल दर्ताका लागी निर्वाचन आयोग पुगेका छन् ।
जनता समाजवादी पार्टीका नेता ठाकुरले आफ्नो अध्यक्षतामा जसपा(लोकतान्त्रिक) पार्टी गठन गरी दल दर्ताका लागी अयोग पुगेका हुन् ।
ठाकुरको नयाँ दलको चुनाव चिन्ह साइकल रहने निर्णय गरको छ । नव गठित पार्टीमा २३ सदस्सीय केन्द्रीय कार्यकारिणी समिति र १४ जना संघीय सांसद रहेको रहेको जनाइएको छ ।