आइतवार, श्रावण २४ गते २०८३

गालीगलौज गर्नेहरूको आइडी गायक रामकृष्ण ढकालले पनि सार्वजनिक गरे

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । गायक रामकृष्ण ढकालले पनि सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

ढकालले गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले गरेको साहसको पनि सम्मान गर्दै आफूले पनि साथ दिएको बताएका छन् । उनले लेखेका छन्, ‘यी तस्बिरहरू सार्वजनिक गर्नुअघि म गरौँ कि नगरौँ भनेर द्विविधामा पनि परेँ । तर, धेरै सोचेपछि म यो निष्कर्षमा पुगे कि मैले यो अपराधको भण्डाफोर गर्नैपर्छ । यसबाट मेरो पीडाको घाउमा केही मात्रामा भए पनि मलम लाग्नेछ । केही संख्यामा भए पनि अपराधीहरू कारबाहीको दायरामा आउनेछन् ।’

उनले अगाडि लेखेका छन्, ‘अझ, त्योभन्दा पनि ठूलो कुरा केही समययता कलाकारहरूले अगाडि बढाइरहेको प्रतिरोधी अभियानमा म आफू पनि उभिएर होस्टेमा हैँसे गरिरहेको हुनेछु भन्ने लाग्यो ।’ ढकालले आफूलाई अभद्र टिप्पणी गर्नेहरू केही प्रहरीको हिरासतमा रहेको र केही निगरानीमा रहेको पनि बताएका छन् ।

उनले लेखेका छन्, ‘यी सबै कुरा मनन गरेर मैले यी तस्बिरहरू सार्वजनिक गरेको छु । यी यस्ता केही अपराधीहरू हुन् जसमध्ये केहीले ७ वटा भन्दा बढी फेक आइडी बनाई अत्याचार गरिरहेका थिए । केहीले त रियल आइडीबाटै यो अपराध गरिरहेका थिए ।  यिनीहरूमध्ये केही अहिले प्रहरीको हिरासतमा छन् भने केही निगरानी र खोजीको सूचीमा रहेका छन् ।’

यसअघि गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल नै सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आइरहेका छन् । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार