सोमवार, श्रावण २५ गते २०८३

ट्रम्पले सोधे— जेलेन्स्की, हतियार पायौ भने तिमीले मस्कोमा हान्न सक्छौ?

बुधवार , आषाढ ३२, २०८२

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसविरूद्ध लड्न युक्रेनलाई लामो दूरीका शक्तिशाली हतियार दिने तयारी गरेका छन्।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति यसअघि नरम देखिएका ट्रम्पले शान्तिका लागि तयार नदेखिएपछि रूसविरूद्ध कडा नीति अवलम्बन गर्ने तयारी गरेका हुन्।

आफू राष्ट्रपति भएको भए रूस युक्रेन युद्ध नै नहुने दाबी गर्दै आएका ट्रम्पले गत जनवरीमा राष्ट्रपतिको पदभार ग्रहण गरेलगत्तै युद्धविरामको पहल लिँदै आएका छन्।

युद्धविराम गराउन ट्रम्प सुरूवातमा क्रेमलिनप्रति नरम र किभप्रति आक्रामक देखिएका थिए। तर जति नै नरम भए पनि रूसले विभिन्न बहानामा युद्धविराम प्रस्ताव नमानेपछि ट्रम्पले युक्रेनलाई रूसमाथि हमला गर्न लामो दूरीका हतियार दिने बताएका हुन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसको राजधानीलाई नै लक्ष्य गरेर आक्रमण गर्न सक्छौं कि सक्दैनौं भनेर प्रश्न समेत गरेको फाइनान्सियल टाइम्सले जनाएको छ।

'भोलोदिमिर! हतियार पायौ भने तिमी मस्कोमा हान्न सक्छौं? सेन्ट पिटर्सबर्गमा पनि हान्न सक्छौं?,' ट्रम्पले जेलेन्स्कीलाई सोधेका थिए।

जबाफमा जेलेन्स्कीले अमेरिकाले हतियार दिए मस्को र पिटर्सबर्गमा प्रहार गर्न सकिन्छ भनेर जबाफ दिएको फाइनान्सियल टाइम्सको समाचारमा उल्लेख छ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार