काठमाडौँ । अमेरिकामा हालै भएको कार दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीमध्ये एकजना दाङस्थित तुलसीपुर उपमहानगरपालिकाको भएको खुलेको छ।
यही जुलाई १३ तारिख स्थानीय समयअनुसार शनिबार राति ९ बजेतिर लुइसियाना राजमार्ग ५०७ को पश्चिममा रहेको अमेरिकी राजमार्ग ८० मा कार दुर्घटना हुँदा नेपाली नागरिकद्वय २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो।
उनीहरूमध्ये ओलीको घर ठेगाना पत्ता लागेको हो। उनी तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरका भएको उनका काका पोषण ओलीले जानकारी दिए।
आफ्ना भतिजा रोजिनसँगै सँगै पढ्ने यादवको घर भने सर्लाहीसम्म भन्ने सुनेको तर निश्चित जानकारी प्राप्त नभएको पोषण ओलीले बताए।