काठमाडौं । महानगर यातायातले अब काठमाडौंमा विद्युतीय बसबाट सेवा दिने भएको छ ।
बुधबार कम्पनीले १२ वटा ३३ सिट भएका विद्युतीय बस सार्वजनिक गरेको हो । चेरी वान्डा ब्रान्डको सिटी बस कम्पनीको आधिकारिक वितरक शशीला मोटर्सले महानगर यातायातलाई हस्तान्तरण गरेको हो । सबै पूर्ण विद्युतीय बसहरु हुन् । यी बसहरुको ह्विलबेस ४३०० एमएम, ग्रेडिबिलिटी २५ प्रतिशत, १३८०० किलोग्राम तौल, कर्ब वेट ७९०० किलोग्राम रहेको कम्पनीले जनाएको छ ।
यसको अधिकतम प्रतिघण्टा गति ६९ किलोमिटर रहेको छ भने ६८ जनाले एकपटकमा सिट (३३)मा बसेर यात्रा गर्न सक्छन् । १२०–२४० किलोवाटको मोटर सिस्टम रहेका बस डाइरेक्ट ड्राइभयुक्त छ । बसमा सीएटीएल, १४४.९७ केडब्लुएच पावरको ब्याट्री सिस्टम रहेको छ ।
सुरक्षा फिचरहरुतर्फ अक्चिलरी ब्रेक टाइप, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक, एयर सस्पेन्सन रहेको छ । त्यस्तै न्युमेटिक डुअल सर्किट ब्रेकिङ सिस्टम, ब्रेक मास्टर सिलिन्डर र हाइ क्वालिटी भल्भ रहेको छ ।