श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९-१ को फराकिलो हार बेहोरेको थियो। दोस्रो खेलमा भुटानसँग ५-० को हार बेहोरेको थियो।
प्रतियोगितामा बंगलादेश ३ खेलमा ९ अङ्कसहित शीर्ष स्थानमा छ भने ३ खेलमा ६ अङ्क जोडेको नेपाल दोस्रो र ३ अङ्क भएको भुटान तेस्रो स्थानमा छ।
चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ। अन्तिममा धेरै अङ्क जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।