काठमाडौं । बुधबार नेपालमा ३ हजार ४ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १६ हजार ८ सय ३८ जनाको परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।
त्यस्तै बुधबार कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ । मन्त्रालयका अनुसार सोही अवधीमा २ हजार १ सय ४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
यसैविच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ९ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७ सय ११, भक्तपुरमा १ सय २२ र ललितपुरमा १ सय ६० जना रहेका छन् ।