काठमाडौं । माधवकुमार नेपालले दर्ता गरेको नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी) पार्टीमा ३१ जना सांसद रहेको सो पार्टीले जनाएको छ । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नयाँ पार्टीका नेता राजेन्द्र पाण्डेले पत्रकारहरुसंग कुरा गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभाका ३१ जना सांसदहरु एमाले समाजवादी पार्टीमा रहेको बताए ।
त्यस्तै उनका अनुसार साविक एमालेका ५८ जना केन्द्रीय सदस्यसहित ९५ जनाको पार्टीको केन्द्रीय समिति रहेको बताए । नेता नेपालको अध्यक्षतामा गठन भएको नयाँ पार्टीमा नेता झलनाथ खनाल वरिष्ठ नेताका रुपमा रहेका छन् । नेता पाण्डेले नयाँ पार्टीलाई निर्वाचन आयोगले प्रमाणपत्र दिएपछि राष्ट्रिय सम्मेलन गर्ने र नयाँ क्रान्तिकारी पार्टीका रुपमा अघि बढाउने बताए ।