आइतवार, श्रावण २४ गते २०८३

गायक प्रकाश कटुवालको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

शुक्रवार , श्रावण २, २०८२

काठमाडौं । चर्चित तथा लोकप्रिय गायक तथा सर्जक प्रकाश कटुवालको नयाँ गीत सार्वजनिक भएको छ । उनले आफ्नै शब्द तथा संगीतमा ‘जर्सी गाईको दूध’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

रमाइलो भाव र सामाजिक सन्देशलाई समेटिएको उक्त गीतमा आरके मिलनको संगीत संयोजन रहेको छ । गायक कटुवाललाई गायनमा गायिका समिक्षा अधिकारीले साथ दिएकी छिन् ।

गीतको म्युजिक भिडीयोमा नृत्य निर्देशन तथा निर्देशन चर्चित कोरियोग्राफर शंकर बीसीले गरेका छन् । शंकर बीसी स्वयं र मोडल रिया खड्काले अभिनय गरेको छ ।

नविन घर्ती मगरले सम्पादन गरेको भिडियो  छायांकन  राजेश घिमिरेले गरेका हुन् । उक्त गीतलाई स्मृति म्युजिक प्रालिले बजारमा ल्याएको हो ।

हेर्नुहोस उक्त गितको पुरा भिडियो:https://youtube.com/watch?v=6ow3oWNNycs&si=tfhG28qJW_vAZU5H

प्रतिक्रिया
सम्बन्धित समाचार