खेल डलब राउन्ड रोबिनका आधारमा भइरहेको छ। नेपालले श्रीलंकालाई दुवै खेलमा ७-० गोलले हराएको थियो। आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा भने नेपाल ३-२ गोलले हारेको थियो। नेपाल फेरि सोमबार बंगलादेशसँग भिड्नेछ।
नेपालले ४ खेलबाट ९ अंक बनाएको छ। घरेलु टोली बंगलादेशले ३ खेलबाट ९ अंक बटुलेको छ। सबै खेल सकिएपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।