सोमवार, श्रावण २५ गते २०८३

पहलगाम आक्रमण गरेको ‘टीआरएफ’लाई अमेरिकाले आतंकवादी संगठन घोषणा गरेपछि चीनको यस्तो प्रतिक्रिया

शनिवार , श्रावण ३, २०८२

काठमाडौँ । अमेरिकाले ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) लाई ‘विदेशी आतंकवादी संगठन’ को सूचीमा राखेपछि चीनले आफ्नो प्रतिक्रिया दिएको छ।

चीनले आफू सबै प्रकारको आतंकवादको विरुद्धमा रहेको बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, ‘चीन सबै प्रकारको आतंकवादको दृढतापूर्वक विरोध गर्दछ। हामी छिमेकी देशहरूलाई आतंकवादविरुद्ध सहकार्य बढाउन र संयुक्त रूपमा क्षेत्रीय सुरक्षा तथा स्थायित्व कायम राख्न आह्वान गर्दछौं।’

उनले गत अप्रिल २२ मा जम्मू(कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको कडा निन्दासमेत गरेका छन्। उक्त हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो। टीआरएफले यसको जिम्मेवारी समेत लिएको थियो।

भारतीय विदेश सचिव विक्रम मिस्रीले मे ७ मा आयोजित एक पत्रकार सम्मेलनमा पहलगाम हमलाका लागि टीआरएफलाई जिम्मेवार ठहराएका थिए।

यसैबीच, भारतीय विदेशमन्त्री एस। जयशंकरले शुक्रबार अमेरिकाको निर्णयको स्वागत गर्दै यसलाई आतंकवादविरुद्धको लडाइँमा एक महत्त्वपूर्ण कदम भनेका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार