सोमवार, श्रावण २५ गते २०८३

भियतनाममा पर्यटक सवार डुंगा पल्टिँदा कम्तिमा ३७ जनाको मृत्यु

आइतवार , श्रावण ४, २०८२

काठमाडौं । भियतनाममा खराब मौसमका कारण पर्यटक सवार डुङ्गा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ। उत्तरी भियतनामको लोकप्रिय पर्यटकीयस्थल हालोङ खाडीमा उक्त दुर्घटना भएको हो। 

रिपोर्टका अनुसार धेरैजसो यात्रु भियतनामको राजधानी हनोइबाट आएका थिए। उद्धारकर्मीहरूले ११ जनालाई पानीबाट जीवितै उद्धार गरिएको बीबीसीमा समाचार छ।

पर्यटकहरू डुंगा चढेर रमाइरहेका बेला अचानक तुफान आएको थियो । सो तुफानले डुंगा पल्टाइदिएको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन् । उद्धारकर्मीहरूले भारी वर्षाका कारण बेपत्ता खोजीमा कठिनाइ भइरहेको बताएका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार