काठमाडौं । काठमाडौंको जडीबुटीमा फुटसल खेलेर थाकेपछि रेस्ट गर्दा अचेत भएका एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोलखाको बिगु गाउँपालिका वडा नम्बर–४ घर भएर काँडाघारी बस्ने २३ वर्षीय खिमराज वली रहेका छन् । शनिबार जडीबुटीस्थित नेपाल फर्निचर नजिकै नवीन खड्काले सञ्चालन गरेको फुटसलमा गेम खेलेर आराम गर्ने क्रममा उनी अचेत भएका थिए ।
उपचारको क्रममा उनको सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अचानक बेहोस भएपछि उनका भाइ प्रदीप वलीले खिमराजलाई अस्पताल लगेका थिए ।