आइतवार, श्रावण २४ गते २०८३

अनेरास्ववियू आर आर क्याम्पस कमिटी संयोजकको जिम्मेवारी जेठाराले पाए

आइतवार , श्रावण ४, २०८२

काठमाडौँ । अनेरास्ववियू आर आर क्याम्पस कमिटी संयोजकको जिम्मेवारी कुबेर जेठाराले पाएका छन् । 

आइतबार अनेरास्ववियू आर आर क्याम्पसका अध्यक्ष लोकेश कुमार खड्काको अध्यक्षता र अनेरास्ववियू केन्द्रिय सचिव तथा प्रवक्ता समिम बाबु खानको प्रमुख आथित्यतामा बसेको क्याम्पस कमिटीको बैठकले जेठारालाई क्याम्पस कमिटीको संयोजकको जिम्मेवारी दिएको हो ।

जेठारा लामो समयदेखि अनेरास्ववियूमा रहेर काम गर्दै आइरहेका छन् । उनी विद्यार्थीका हकहितका लागि सधै अग्रसर हुन्छन् । जेठारा आर आर क्याम्पसमा विद्यार्थीमा लोकप्रीय समेत छन् । त्यसैले उनले क्याम्पस कमिटीको संयोजकको जिम्मेवारी पाएका हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार