डबल राउन्ड रोबिनका आधारमा भएको खेलमा प्रतियोगिताको उपाधि जित्न नेपालले अन्तिम खेलमा बङ्गलादेशलाई हराउनुपर्नेछ । बङ्गलादेशलाई उपाधिका लागि बराबरी नतिजा मात्रै पनि पर्याप्त रहनेछ ।
बङ्गलादेशसँगको पहिलो खेलमा नेपाल ३–२ गोलले पराजित भएको थियो । नेपालले यसअघि भुटानलाई पहिलो खेलमा ६–१ गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो । त्यसयता नेपालले लगातार तीन खेल जित्दा कुनै गोल खाएको छैन । श्रीलङ्कालाई दुवै खेलमा ७ ले पराजित गरेको नेपालले पछिल्लो खेलमा भुटानलाई ८ गोलले हराएको थियो ।
उता बङ्गलादेशले श्रीलङ्कालाई पहिलो खेलमा ९–१ ले हराउँदै शुरुवात गरेको थियो । बङ्गलादेशले तीनवटै विपक्षीसँग गोल खाएको छ । दोस्रो खेलमा नेपाललाई ३–२ ले र तेस्रो खेलमा भुटानलाई ४–१ ले हराउँदा बङ्गलादेशले गोल खाएको हो ।
त्यसपछि बङ्गलादेशले भुटानलाई ३–० र श्रीङ्गकालाई ५–० ले पराजित गरेको थियो । प्रतियोगितामा नेपाल, बङ्गलादेश, भूटान र श्रीलङ्का गरी चार वटा देश सहभागी छन् ।