सोमवार, श्रावण २५ गते २०८३

ट्रम्पको घोषणा: जापानसँग अहिलेसम्मकै ठूलो व्यापार सम्झौता गरे

बुधवार , श्रावण ७, २०८२

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जापान एक प्रमुख व्यापार सम्झौतामा सहमत भएको घोषणा गरेका छन्। जापान अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदारमध्ये एक हो।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रस्तावित सम्झौताअन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्नेछ र १५ प्रतिशत पारस्परिक कर तिर्नेछ।’

उनले अगाडि भनेका छन्, ‘जापानले आफ्नो अर्थतन्त्र अमेरिकी सामानहरूका लागि खोल्नेछ। यसमा कार, ट्रक, चामल र केही कृषि उत्पादन छन्।’ यद्यपि जापानले अमेरिकासँगको सम्झौताको पुष्टि गरेको छैन।

यस विषयमा अमेरिकामा रहेको जापानी दूतावासलाई सम्पर्क गरेको तर अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बीबीसीले उल्लेख गरेको छ। 

डोनाल्ड ट्रम्पले मंगलबार ह्वाइट हाउसमा भने, ‘मैले इतिहासको सबैभन्दा ठूलो व्यापार सम्झौतामा हस्ताक्षर गरेको छु। यो सम्भवतः जापानसँगको सबैभन्दा ठूलो सम्झौता हो।’

यसअघि हालै ट्रम्पले अगस्ट १ अघि जापानसँग सम्झौता भएन भने २५ प्रतिशत कर लगाइने चेतावनी दिएका थिए। 

 

 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार