आइतवार, आश्विन २५ गते २०८३

प्रदीप नेपालले भने, ‘म माधव नेपालको मान्छे हुँ’

बिहिवार , भाद्र ३, २०७८

काठमाडौं । नेता प्रदीप नेपालले आफु माधव नेपालको मान्छे भएको बताएका छन्। सामाजिक सञ्जाल फेशबुकमा नेपालले आफू नेपालको मान्छे भएको बताएका हुन्।

उनले अहिले आफू कुनै पनि कमिटीमा नरहेको र ६ वर्षदेखि नै कमिटीविहिन भएको उल्लेख गरेका छन्। ‘म माधव नेपालको मान्छे हुँ। अहिले मेरो कुनै कमिटी छैन, छ वर्षदेखि म कमिटी बिहिन, अबस्थामा छु।’

बुधबार माधव नेपालले नयाँ दल दर्ता गरेर केन्द्रीय कमिटीमा राख्दा नेपालले माधव नेपालले आफ्नो स्वतन्त्रता हनन् गरेको आरोप लगाएका थिए। बुधबार लेखेको स्टाटस उनले फेसबुकबाट हटाइ सकेका छन्।

माधव नेपालले किर्ते गरेको आराेप लगाएकाे भाेलिपल्टै प्रदीप नेपालले भने, 'म माधव नेपालको मान्छे हुँ'

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार