आइतवार, श्रावण २४ गते २०८३

मानसरोवर कैलाश दृश्यावलोकन क्षेत्र लाप्चामा संरचना निर्माण

बिहिवार , श्रावण ८, २०८२

काठमाडौँ । नेपाली भूमि हुम्लाको नाम्खा गाउँपालिका–६ को लिमीको मानसरोवर कैलाशको दुरदर्शन गर्न सकिने पाँच हजार मिटर अग्लो लाप्चा क्षेत्रमा आवश्यक भौतिक संरचनाहरु निर्माण गरिएका छ । आन्तरिक तथा बाह्र पर्यटकहरुलाई मानसरोवर कैलाशको दुरदर्शन गर्न असहज भएको बेला पर्यटन बोर्डले गत असारमा सम्पन्न हुने गरी ती संरचना निर्माण गरेको हो ।

आवश्यक देखिएका तर हालसम्म निर्माण हुन नसकेका आधारभूत भौतिक पूर्वाधारका संरचनाहरुको निर्माण कार्य सम्पन्न भएको लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताए। यसमा दृश्याबलोकन गर्न सकिने क्षेत्रमा पर्यटकहरुलाई भित्रैबाट बसेर हेर्न सकिने क्षेत्रमा झ्यालमा सिसा राखिएको हल, शौचालय, फोहोर फाल्ने पाँच वटा डस्विन, चार वटा फोहोर जलाउने खाल्डो, दुई वटा स्तुपाहरु निर्माण गरिएको उनले जानकारी दिए ।

हलको भित्र फर्निचरहरु समेत निर्माण गरिएका छन् ।  यसअघि यी संरचना नहुँदा मौसम बिग्रेको समयमा चिसोले गर्दा दर्शनार्थीहरु त्यति कै फिर्ता हुनु परेका घटना पनि धेरै छन । अन्य आवश्यक संरचनाहरु आगामी वर्ष पनि निर्माण गरिने उहाँले बताउनुभयो । यसबाट अब लाप्चामा पर्यटकहरुलाई आर्कषण गर्ने माध्यमको सुरुवात भएको देख्न सकिन्छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार