काठमाडौं । कोरोना विरुद्धको खोप अभियान जारी रहेको बेला नेपालमा विभिन्न देशबाट खोप ल्याइदै छ । गएराति चिनबाट थप खोपल्याइएको छ । चीनबाट खरिद गरिएकोे ६० लाख डोज मध्ये ८ लाख डोज भेरोसेल खोप गएराति १२ बजे काठमाडौँ आइपुगेको छ ।
नेपाल एयरलायन्सको वाइडबडी जहाजले चीनको प्रान्तीय शहर तियनजीन पुगेर खोप काठमाडौँ ल्याइपुर्याएको हो । स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार बुधबार राति १२ बजे खोप आइपुगेको र अहिले सो खोपलाई अस्थायी व्यवस्थापन गरी टेकुस्थित खोप भण्डारमा राखिएको जानकारी दिए ।
यस्तै अब चीनबाट आउने भेरोसेल खोप मध्ये साढे तीन लाख एक नम्बर प्रदेश ( विराटरगर) पौने चार लाख खोप दुई नम्बरमा, ५० हजार सात नम्बर प्रदेश (धनगढी ) र रहेको खोप काठमाडौं उपत्यका सहित तीन नम्बर प्रदेशमा राखिने थापाले बताए । यसैबीच चीनबाट आजै थप ८ लाख खोप पनि ल्याइदै छ । नेपाल एयरलायन्सकै जहाजले चीनको प्रान्तीय शहर तियनजीनबाट आज बेलुका ८ बजे थप ८ लाख डोज भेरोसेल ल्याउने भएको हो ।