आइतवार, श्रावण २४ गते २०८३

डेंगुको संक्रमण रोक्न जनचेतनामुलक कार्यक्रम सम्पन्न (तस्वीरसहित)

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । वर्षातको मौसमसँगै डेंगुको जोखिम बढ्दै जान थालेपछी काठमाडौं महानगरपालिका वडा नं ४ टुँडालदेवी लगाएत ईच्छुमति क्षेत्रका भित्रि सडक खण्डहरुमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ ।

inbound5140384823803360665.jpg

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी र ईच्छुमति टोल सुधार समितिको संयुक्त आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको हो । सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी रामप्रसाद न्यौपानेले महामारीबाट मानव स्वास्थ्य बचाउने र समाजमा चेतना फैलाउने प्रयास अनुरुप कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन् ।

inbound2828100215485947492-1536x1024.jpg

लक्षणविना पनि डेंगुको संक्रमण हुन सक्छ । त्यो सामान्यतया थाहा नहुन सक्छ । त्यसैले डेंगु सार्ने लामखुट्टेको टोकाइबाट बच्न आफु र आफु वरपरका छरछिमेक र टोलवस्तीमा लामखुट्टेको बासस्थान नष्ट गर्न पनि टोलवासीहरूमा राम्ररी सफा गर्नेलगायत उपाय अपनाउन न्यौपानेले आग्रह गरेका छन् ।

inbound3066890322078511421-1536x1023.jpg

कार्यक्रममा नेपाली सेनाका पुर्व रथी यादव रायमाझी, पुर्वउपरथी शिवराम प्रधान र पुर्व प्र.अ.म.नि. अमर सिह शाह र निरज शाही, प्रहरी बृत्त मालीगाउँ प्रहरी निरीक्षक दावा तेन्जिङ शेर्पा, नेप्सेम्यपका प्रतिनिधि, युनिभर्सल स्कुलका बिधार्थी, सामुदायिक सेवा केन्द्रका प्रतिनिधि, समाजसेवी लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार