आइतवार, आश्विन २५ गते २०८३

माधव नेपालले पार्टी फुटाएपछि केपी ओलीले कार्यकर्तालाई सम्बोधन गर्दै 

बिहिवार , भाद्र ३, २०७८

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी कार्यकर्तालाई विशेष सम्बोधन गर्दै छन्। आज दिउँसो २ बजे भक्तपुरका पार्टी कार्यकर्ताहरुलाई विशेष सम्बोधन गर्न लागेको नेता महेश बस्नेतले जनाकारी दिए।

नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रम लगायत विषयमा विशेष सम्बोधन गर्ने बस्नेतले बताए। हिजो मात्रै माधव कुमार नेपालले पार्टी फुटाएका छन्।

निर्वाचन आयोगमा उनले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निवेदन दिएका छन्। पार्टीबाट माधव नेपाल समूह बाहिरिएपछि ओलीले आज सम्बोधन गर्न लागेका हुन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार