सोमवार, श्रावण २५ गते २०८३

गाजाका एक तिहाइ मानिस कयौं दिनदेखी भोकै: राष्ट्रसंघ

शनिवार , श्रावण १०, २०८२

काठमाडौँ । गाजामा एक तिहाइ मानिसहरु कयौं दिन देखी खानाको लागि तड्पिरहेको राष्ट्रसंघिय खाद्य कार्यक्रमले जनाएको छ। उसका अनुसार प्रत्येक तीनमध्ये करिब एक जना मानिस भोकै बस्न बाध्य भइरहेका छन्।

कार्यक्रमका अनुसार ‘कुपोषण तीव्र रूपमा बढ्दैछ, करिब ९०,००० महिला र बालबालिकालाई तत्काल उपचारको खाँचो छ।’ विश्व खाद्य कार्यक्रम डब्लुएफपीले एक विज्ञप्ति जारी गर्दै अवस्था भयावह बनिरहेको उल्लेख गरेको छ।

यस हप्ता गाजामा भोकमरीको चेतावनीहरू थप तीव्र बनेका छन्। शुक्रबार मात्रै नौ जनाको कुपोषणका कारण मृत्यु भएको छ। गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएदेखि हालसम्म कुपोषणका कारण मृत्यु हुनेको संख्या १२२ पुगिसकेको छ।

गाजामा सम्पूर्ण आपूर्ति प्रवेशलाइ आफ्नो नियन्त्रण राखेको इजरायलले राहत सामाग्रि प्रवेशमा कडाइ र नियन्त्रण गर्दा अवस्था भयावह बनेको हो। यद्यपी इजारयलले भने राहत सामग्री प्रवेशमा कुनै रोक नलगाएको जनाएको छ। उसले कुपोषणको लागि हमासलाई दोष दिएको छ।

इजरायली सुरक्षा अधिकारीले केही दिनभित्र गाजामा राहत सामग्री हवाई माध्यमबाट झार्न अनुमति दिइन सक्ने बताए पनि तत्काल उक्त कार्य नगरे अवस्था भयावह हुने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ। यद्यपि सहायता संस्थाहरूले यसअघि यस किसिमको आपूर्तिलाई प्रभावहीन बताउँदै आएका छन्।

स्थानीय सञ्चारमाध्यमहरूले संयुक्त अरब इमिरेट्स र जोर्डनले पछिल्लो राहत सामग्री हवाईमार्फत झार्ने तयारी गरिरहेको जनाए पनि, जोर्डनका एक वरिष्ठ अधिकारीले त्यसका लागि इजरायलबाट अझैसम्म अनुमति प्राप्त नभएको बताए।

संयुक्त राष्ट्रसंघले यस कदमलाई इजरायली सरकारको निष्क्रियता ढाकछोप गर्ने ‘ध्यान भंग गराउने काम’ भनेको छ। यो घटना गाजामा बढ्दो मानवीय संकटका सन्दर्भमा अन्तर्राष्ट्रिय चिन्ताबीच आएको हो।

शुक्रबार जर्मनी, फ्रान्स र बेलायतले संयुक्त वक्तव्य जारी गर्दै इजरायललाई ‘गाजामा राहत सामग्रीको आपूर्तिमा लगाइएको रोक तुरुन्त हटाउन’ आह्वान गरेका थिए। उनीहरूले गाजामा देखिएको ‘मानवीय विपत्तिको तुरुन्त अन्त्य’ र युद्धको अन्त्यको माग गर्दै भनेका छन् कि इजरायलले ‘अन्तर्राष्ट्रिय मानवीय कानुन अन्तर्गतका आफ्ना दायित्वहरू पूरा गर्नु पर्ने’ भनेका छन्। ‘नागरिकलाई अत्यावश्यक मानवीय सहायता नदिनु अस्वीकार्य हो।’  वक्तव्यमा भनिएको छ।

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेर्रेसले अन्तर्राष्ट्रिय समुदायको निष्कृयताले मानवतामाथि भइरहेको अपराध शब्दमा बयान गर्न नसकिने खालको भएको बताए। उनले भने ‘धेरै पक्षबाट देखिएको उपेक्षा र निष्क्रियता, करुणाको अभाव, सत्यको अभाव, र मानवताको अभावलाई म शब्दमा वर्णन गर्न सक्दिन।’

एम्नेस्टी इन्टरनेशनलको विश्व सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, २७ मे यता  जब अमेरिकी र इजरायली समर्थनमा गाजा मानवीय फाउन्डेशन ९जीएचएफ० ले संयुक्त राष्ट्र नेतृत्वको प्रणालीको सट्टा राहत वितरण गर्न थालेको थियो  त्यतिबेलादेखि हालसम्म खाना खोज्ने क्रममा एक हजारभन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार