आइतवार, कार्तिक ९ गते २०८३

बाँध निर्माणको काममा सुरक्षाकर्मीलाई स्थानियको साथ 

बिहिवार , भाद्र ३, २०७८

काठमाडौं । सर्लाहीमा कौडेना नदीमा बाँध निर्माण गर्ने कार्यमा स्थानियले सुरक्षाकर्मीलाई सथ दिएका छन् । सर्लाहिस्थित लखनदेही नदीको बाढीले सर्लाहीको कौडेना गाउँपालिकामा क्षति पुर्‍याउने देखिएपछि सुरक्षाकर्मी र स्थानीयवासी बाँध मर्मतमा जुटेका छन् ।

कौडेना गाउँपालिका ६ सक्रोलस्थित लखनदेही नदीको बाँध बाढीले कटान गरेको छ । कटानलाई रोकेर क्षति हुन नदिन सुरक्षाकर्मीसँग मिलेर स्थानीयवासीले बाँध मर्मतको काम शुरु गरेका हुन् ।
बाँध बाँध्ने काममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनता तटबन्ध कार्यालयका पदाधिकारी, स्थानीय जनप्रतिनिधि र स्थानीय वासिन्दा संलग्न रहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले बताए ।

कटान गरिएको ठाउँलाई तत्कालै नियन्त्रण नगरिए कौडेना गाउँपालिका ६ र ७ मा पर्ने सक्रौल तथा शिबनगरका १ सय ५० भन्दा बढी घर र खेतीयोग्य जग्गामा क्षति पुग्ने आँकलन छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार