आइतवार, श्रावण २४ गते २०८३

यस वर्षको विपी कोइराला राष्ट्रिय पुरस्कार–२०८१ चार जनालाई

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षको विपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ चार जनालाई प्रदान गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चारै जनालाई पुरस्कार वितरण गरेका हुन् । यस वर्ष पुरस्कृत हुनेहरूमा साहित्यतर्फ वरिष्ठ कवि तिलविक्रम नेम्वाङ ‘वैरागी काइँला’ र साहित्यकार भुवन ढुंगाना कोइराला रहेका छन् भने राजनीति र सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका नयनसिंह कडायत र मीना सुब्बालाई सम्मान गरिएको हो ।

प्रधानमन्त्री ओलीले उनीहरुलाई जनही एक लाख राशीसहित पुरस्कृत गरेका हुन् । नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाली साहित्यमा अतुलनीय योगदान पुर्‍याएका जननायक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको योगदानलाई सम्मान गर्न नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममार्फत् यो पुरस्कार स्थापना गरेको थियो ।

२०७८ सालमा कार्यविधि जारी भएपछि हरेक वर्ष पुरस्कार प्रदान गरिँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार