आइतवार, आश्विन २५ गते २०८३

प्रचण्ड र माधव नेपालले भेटे प्रधानमन्त्री देउवालाई, यस विषयमा हुँदैछ छलफल

बिहिवार , भाद्र ३, २०७८

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालले देउवा र प्रचण्डलाई भेटेका हुन्। भेटमा तीन नेताबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको जनाइएको छ।

पाँच दलीय गठबन्धनबाट बनेको सरकारले एक महिना बढी समयमा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन्। नेपालले पार्टी फुटाएर अर्को दल दर्ता गरेपछि अब मन्त्रिपरिषद् विस्तार हुने आंकलन गरिएको छ।

नेपालकै निर्णय नआएकोष कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको नेताहरुले बताउने गरेका थिए।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार