आइतवार, श्रावण २४ गते २०८३

प्रधानमन्त्री ओली भन्छन्– साउन १५ मा सबै नेपालीले खुसीका साथ खीर खान पाउनुपर्छ

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाललीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।

नेकपा (एमाले)को साहित्य, कला तथा संस्कृति विभागद्वारा आज आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । तराई मधेसमा यस वर्ष सुख्खा लागेकोले राम्रो खेती हुन नसकेको अवस्थामा सिँचाइको उचित प्रबन्ध गर्न सरकार लागिपरेको बताउँदै उनले सनकोसी मरिन डाइभर्सन, रानी जमरा कुलरिया, तमोरलगायत आयोजना छिटो सक्न पनि निर्देशन दिएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सबै नेपालीले हरेक साउन १५ मा खुसीका साथ खीर खाने वातावरण निर्माणमा लाग्न आग्रह गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार