आइतवार, आश्विन २५ गते २०८३

दल विभाजन सम्बन्धि अध्यादेशको विरोधमा अनेरास्ववियुको प्रदर्शन

बिहिवार , भाद्र ३, २०७८

काठमाडौं । दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा अनेरास्ववियुले प्रदर्शन गरेको छ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले बिहिबार त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा उत्रिएका उनिहरुले घण्टाघर अगाडिको सडक अवरुद्ध पारी राजनीतिक दलसम्बन्धी अध्यादेश समेत जलाए । सरकारले दल विभाजनलाई सजिलो पार्ने गरी राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेश बिहिबार जारी गरेको हो । सोही अध्यादेशअनुसार नयाँ पार्टी गठन गर्न एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार