आइतवार, श्रावण २४ गते २०८३

कक्षा १२ को नतिजा केही दिनमै सार्वजनिक गर्ने तयारी

आइतवार , श्रावण १८, २०८२

काठमाडौँ । कक्षा १२ को परीक्षाफल यही साता सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले(२०८१ सालको परीक्षाफल यसैसाता सार्वजनिक गर्ने तयारी गरेको हो।

बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको तीनचार दिनभित्रै नतिजा सार्वजनिक भइसक्ने बताए। कक्षा १२ को परीक्षा गएको वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए। 

जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ। 

बोर्डले यस वर्ष वैशाख ११ देखिदे खकक्षा १२ को परीक्षा सञ्चालनको तयारी गरेको थियो। तर, शिक्षक महासंघले गरेको आन्दोलनको कारण परीक्षा १० दिन पछाडि धकेलिएको थियो। कक्षा १२ लाई विद्यालय तहको अन्तिम परीक्षा मानिन्छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार